logo go bungy

कर्णालीका मुख्यमन्त्री यामलालले दिए राजीनामा

News Logoपरिचित खबर एक दिन अगाडि
87 2 minutes read

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिवार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्।

गत असार ३२ गते कांग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।

शनिवार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरेका थिए।
सोही बैठकमा उनले राजीनामा दिएका हुन्।

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए

प्रतिक्रिया दिनुहोस