भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिवार पदबाट राजीनामा दिनुभएको छ।
प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषदमा राजीनामा दिएको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताए।
यसैबीच, कक्रोच जनता पार्टी (सीजेपी) र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बीबीसी हिन्दीले जनाएको छ । केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफल भएपछि सीजेपीसँग तेस्रो चरणको वार्ता हुने जानकारी दिए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित