logo tiger cup

ओखलढुंगामा घर जलेर ३९ वर्षीया महिलाको मृत्यु

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     ओखलढुंगाको मानेभञ्ज्याङमा  घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए ।

सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो । लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा उमेश गौतमकी श्रीमती अन्दाजी २७ वषर्ीया जानुका गौतमको वायाँ खुट्टामा पोलेको छ । उनको उपचार उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा भइरहेको छ ।

घटनास्थल प्रहरी चौकी हर्कपुरबाट एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ४१ किलोमिटर दक्षिणमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस