बागमती प्रदेश सरकारले विपद्बाबाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरणका लागि निवेदन माग गर्दै सूचना जारी गरेको छ ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षति व्यहोरेका कृषकलाई राहत वितरणका लागि निवेदन माग गरेको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालीन/आकस्मिक रोग/क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको योजना अनुरूप मन्त्रालयले निवेदन माग गरेको हो ।
कृषि क्षेत्रमा विपदवाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० बमोजिम राहत वितरण गरिने उनले बताए । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फर्महरूबाट आवश्यक कागजात सहित मन्त्रालय वा मातहतका कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित