logo tiger cup

स्याङ्जामा चापाकाेटमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    स्याङ्जाको चापाकोट नगरपालिका-७ खासाका ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकको हत्या गरेका छन् ।

श्रीमतीको घाँटीमा बञ्चरोले प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्या गरेको अवस्थामा दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालयका चापाकोटका इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिए ।

सोमबार साँझ खाना खाएपछि घरको अर्को कोठामा सुतेकी छोरीले बिहान उठ्दा घटना थाहा पाएपछि छिमेकी गुहारेकी थिइन । लगत्तै स्थानीयले  खबर गरेपश्चात प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस