नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने
नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुनेछ ।
चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको टक्सार विभाग प्रमुख आचार्यले बताए । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको उनले बताए ।
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित