logo tiger cup

च्याउकाे मूल्य घटेपछी किसान मर्कामा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

   च्याउकाे उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ ।

पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य रु एक सय ३० लाग्छ तर प्रतिकिलो ६० मा बिक्री गर्नुपर्दा च्याउ किसानको लगानी सिधै डुब्ने अवस्थामा पुगेको बताए ।

रु १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए ।

महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य रु एक सय ३० तोकेको छ ।

पोखरामा च्याउखेती गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादित च्याउले मूल्य नपाउँदा किसानले सन्तुष्टि प्राप्त गर्न नसकेको मैनालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस