भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले राष्ट्रपतिको युरोप भ्रमण स्थगित
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित