logo tiger cup

१२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूलाई प्रधानमन्त्रीद्वारा अाह्वान

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूको बैठक बोलाएका छन्।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेसम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूलाई बैठकमा बोलाएका हुन्।

बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। सत्ता पक्ष र प्रमुख प्रतिपक्षीलगायत दलबीच कुरा नमिल्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण हुन सकेको छैन।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा विचाराधीन छ।

सात राजनीतिक दल र नेकपा माओवादीबीच २०६२ साल मंसिर ७ गते बाह्र बुँदे समझदारी भएको थियो। 

१२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका गिरिजाप्रसादको निधन भइसकेको छ। अरू नेताहरू भने अहिले विभिन्न दलमा क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस