logo tiger cup

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

      धादिङको निलकण्ठ नगरपालिका-९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२-००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकेयर अस्पताल चाबहिल पठाइएको छ । 

 त्यस्तै  बाग्लुङको ढोरपाटन नगरपालिका-२ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध.१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका-६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ । 

यता बागलुङको ढोरपाटन नगरपालिका-२ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध.१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका-६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस