logo tiger cup

महोत्तरीबाट मंगलबारदेखि वेपत्ता भएका ५ जना किशोरीहरु धनुषाको ढल्केबरमा फेला

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

 

     महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

 महोत्तरीको औरही नगरपालिका–२ कि १८ वर्षीया संगीता सदा, १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।

बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस