नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित