नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
आइतबार बिहान साढे ११ बजे बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए।
उनका अनुसार ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।
देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए।
मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।
मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। समितिमार्फत गाडीका चालक छनबहादुर आले रहेको खुलेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित