करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित