logo tiger cup

महोत्तरीमा पेस्तोल खेलाउँदा जवानलाई गोली लागेको घटनामा संलग्न असई यादव निलम्बित

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए 

हिजो मात्र निलम्बन भएकाले आज वा भोलिमा छानबिन टोली गठन गर्ने महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।

त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजना भयो ।

असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटिएकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको स्रोतको दाबी छ । । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस