अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् ।
चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।
ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डाै पठाइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित