प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ काे पोस्टर र टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा
प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।
टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
हिन्दी भाषामा बन्ने यो फिल्म दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।
।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने