logo krishi add

फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा केदार घिमिरे (माग्ने बुढा)

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

       केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा  छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ)ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका छन् ।

सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने ।

यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ ।

 ‘कंगारु’ काे फागुनदेखि सुटिङ गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस