logo tiger cup

क्रिसमसको अवसरमा भोज खाने ३१ जना बिरामी, १ जनाको मृत्यु

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     लमजुङको सुन्दर बजार नगरपालिकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिनुभयाे ।

 

सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जनाएकोे छ ।भोेज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार सामूहिक भोज खाएर गम्भीर विरामी परेका ३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस