नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको आरोप लगाएका छन् । 'यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रमका बोल्दै ओलीले भने
अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको पनि ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएकोउनको भनाइ थियो ।
देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसको लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको ओलीले बताए ।
ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकबाट अथाह साथ, समर्थन र उत्साह पाएको दाबी समेत गरे । ’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित