नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ काे विन्दुमा ओरालो लागेको छ।
आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने