logo tiger cup

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

       रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ,  प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।

अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस