logo tiger cup

बाग्लुङबाट भैरहवातर्फ जादै गरेको बस पोखराकाे डाँडाकोनाकमा दुर्घटनाः १ को मृत्यु, ३ जना घाईते

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

शनिवार बिहान पोखरामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। 

पृथ्वी राजमार्ग अन्तर्गत महानगरपालिका वडा नं २७ डाँडाकोनाकमा बाग्लुङबाट भैरहवातर्फ जादै गरेको लु १ ख ८३५६ नं।को बस ब्रेक फेल भई सडकको दायाँ साईडमा रहेको माटोको ढिस्कोमा लागेर दुर्घटना भएको प्रहरी जनाएको छ।  

बसको ठक्करबाट मृत्यु हुनेमा लेखनाथ महोत्सवमा बाटा गमला बिक्री गर्न आएकी भारतीय नागरिक ३० वर्षिय इस्श्रावती कुमारी रहेकी छन् ।

बसमा सवार २० जना मध्ये ३ जना घाईते भएको र अन्यको अवस्था सामान्य रहेको छ। घाइते हुनेमा तनहुँ म्याग्देका  ३६ वर्षिय रामजी गन्धर्ब उनकी श्रीमती ३० वर्षिय विष्णु गायक र  दिप नगरपालिका १ का ४६ वर्षिय चिज माया गन्धर्ब रहेका छन्।
बस चालक र बस दुबै ईलाका प्रहरी कार्यलय शिशुवाको नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस