एजुकेशन काउन्सिलीङमा ३३ वर्षको लामो इतिहास बोकेको अल्फा बिटा इन्सटिट्युट पोखराले विद्यार्थीहरु लक्षित “Gateway to Brain Gain In Nepal" कार्यक्रम सम्पन्न गरेको छ ।
अल्फा बिटा पोखराका अध्यक्ष मिलन बरालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको संचालन अल्फा बिटा पोखराका शैक्षिक निर्देशक नविन बन्धु कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा मुख्य वक्ताको रुपमा लिड नेपालका अध्यक्ष एवं नविल बैंक र मेगा बैंकका पूर्व सिईओ अनिल केशरी शाह र अल्फा बिटाका अध्यक्ष एवं सिईओ द्विराज शर्माको उपस्थिती रहेको थियो ।
स्वागत मन्तब्य राख्दै अध्यक्ष मिलन बराल ले बिगतमा पनि अल्फा बिटा पोखराले विद्यार्थी लक्षित निशुल्क शैक्षिक परामर्शका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिईने जानकारी दिनुभयो ।
पोखरा लेकसाईड स्थित होटल बाराहीमा ३ फरक फरक सत्रमा भएको कार्यक्रमको पहिलो सत्रमा मुख्य वक्ताहरुले विद्यार्थीलाई कसरी आफ्नो जिवनमा निर्णय लिने र अगाडी बढ्नको लागी देखिएको असहज परिस्थीतीको सामना गरेर भविष्य उज्जवल बनाउने भन्ने विषयमा परामर्श दिइएको थियो । उक्त सत्रमा अल्फा बिटामा अध्ययनरत करिब १०० जना विद्यार्थीको उपस्थिती रहेको थियो ।
त्यसैगरी दोस्रो सत्रमा विद्यार्थीलाई जिवनमा अगाडी बढ्नको लागी बाटो कसरी छान्ने र उच्च स्तरको डिग्री हाँसील गरेर भविष्यमा आफ्नो जिवन स्तर अगाडी कसरी बढाउने, कुन बाटो जाँदा कसरी संघर्ष गर्नै साथै विद्यार्थीलाई उच्च शिक्षा का लागी कसरी अगाडी बढ्ने र भविष्यमा रहेका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा परामर्श दिनुभयो । उक्त सत्रमा पोखराका झण्डै २५ विद्यालयबाट २०० जना भन्दा धेरै विद्यार्थीको उपस्थिती रहेको थियो ।
तेस्रो तथा अन्तिम सत्रमा लिड नेपालका अध्यक्ष एवं नविल बैंक र मेगा बैंकका पूर्व सिईओ अनिल केशरी शाहले “वर्तमान आर्थिक अवस्था र अबको बाटो” विषयमा आफ्नो महत्वपूर्ण भनाईहरु राख्नुभएको थियो जसमा पोखराका व्यवसायी र उद्यमीहरुको सहभागीता रहेको थियो ।
एजुकेशन काउन्सिलीङमा ३३ वर्षको लामो इतिहास बोकेको अल्फा बिटा इन्सटिट्युटले विश्वका १८ देशका ६०० भन्दा धेरै शैक्षिक संस्थाहरुको प्रतिनिधीत्व गर्दै विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने