नेपाल एअरलाइन्सका पाइलटविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा मुद्दा दर्ता
नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित