logo krishi add

गितकार सागर बास्ताेलाकाे ‘गरिदेउ बिदा’ सार्वजनिक

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

गितकार सागर बास्तोलाकाे शब्द, गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा ‘गरिदेउ बिदा’ नामक गीत भिडियाे सहित गायिका निता आचार्यकाे युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। 

जनक सिंहको निर्देशन र दीपक गिरीको सिनेमाटोग्राफीमा खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको ‘दृष्यमा खप्तड, शृंखला २’ अन्तर्गतको म्युजिक भिडियोमा सनम कठायत र स्मारिका ढकालकाे अभिनय रहेकाे छ। 

खप्तडमा छायांकन गरिएको उक्त गीतलाई गत पाैष १७ गते परराष्ट्र मन्त्री एनपी साउदले सार्वजनिक गर्दै खप्तड क्षेत्रकाे पर्यटन विस्तार, सम्वद्र्धन र प्रवद्र्धनको अभियानमा सहयोग गरेको भन्दै कलाकार हरूलाई सम्मान समेत प्रदान गरेका थिए। गीतमा ऋषि खड्काको संगीत रहेको छ। 

प्रतिक्रिया दिनुहोस