दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा राष्ट्रपति युन सुक–योलद्वारा स्विकृत भएकाे छ।
राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।
विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउनसमेत माग गरेको छ । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक ओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् ।
राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित