logo trishakti

ब्राजिलमा भएको विमान दुर्घटनामा पाइलटसहित १० जनाको मृत्यु, १७ जना घाइते

News Logoपरिचित खबर 2 महिना अगाडि
87 2 minutes read

ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको  जनाइएको छ ।

विमान  खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान बाहिर रहेका १७ जना घाइते भएका रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस