logo krishi add

आज मुलुकभरका फिल्म हल बन्द हुने

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

       नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै आज देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ । 

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ । त्यस्तै चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै  क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ ।

सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागेको हो । क्युएफएक्सले पनि मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस