भोलि उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ ।
मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।
चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ