logo krishi add

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु , एक जना सम्पर्क बिहिन

News Logoपरिचित खबर 3 महिना अगाडि
87 2 minutes read

  पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको  ज्यान गएकाे छ । अर्का  एक नेपाली युवा बेपत्ता भएका छन् ।

शनिवार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएकाे  हो । साेही ठाउँका ३८ वर्षीय टेकबहादुर तामाङ सम्पर्क बिहिन भएका छन् । दुवैजना शनिवार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिनुभयो ।

बेपत्तामध्ये धनबहादुरको शव आइतवार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म सम्पर्कमा छैनन् । धनबहादुर र टेकबहादुरसहित अरु दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस