logo krishi add

भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ५७ जना घाइते, २२ जनाको मृत्यु

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

तीर्थयात्री बोकेको बस भारतको जम्मुमा दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् ।

बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना महिला र २ जना बालबालिकासहित २२ जनाको ज्यान गएको खबरमा उल्लेख गरीएकाे छ । घाइतेहरूको अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्नुभएकाे छ।

 उहाँले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस