सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला
एन्फा प्रेसिडेन्ट लिग पर्सिदेखि हुने