लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा सयौं मिसाइल प्रहार, ४८ घण्टे सङ्कटकाल घोषणा
लेबनानको हिजबुल्लाह समूहले इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हिजबुल्लाहले आज उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको हो । इजरालयले धेरै ठूलो आक्रमणलाई विफल पारेको जनाएको छ ।
हिजबुल्लाह समूहले इजरायलमा आक्रमण गर्नुअघि इजरायली सेनाले पनि दक्षिणी लेबनानमा रहेका ४० भन्दा धेरै हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको जनाएको छ । अमेरिकी र इजरायली जासुसी संस्थाहरूले आज इजरायलमा आक्रमण हुने थाहा पाएपछि इजरायलले हिजबुल्लाहभन्दा अघि नै झन्डै एक सय लडाकु विमानबाट प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।
हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र तीन सय २० वटाभन्दा धेरै रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको इजरायली सेनालाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई