अमेरिकाको लसएन्जलसमा फैलिएको आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् ।
प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ ।
प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।
आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो ।
मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
गुल्मीमा जलेर एक जनाको मृत्यु