logo trishakti

हमासले चार जना महिला इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पियाे

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

 हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् ।प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो । हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ।बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ। यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए।इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन्। सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धकहरूलाई जिम्मामा लिनेछ। सिमानामा बन्धकहरुका लागि हेलिकप्टर तयार छ ।

प्रतिक्रिया दिनुहोस