अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ । एन्फाले आज पत्रकार सम्मेलनमार्फत लिगबारे जानकारी गराएको हो ।
एन्फा प्रेसिडेन्ट लिग हेटौंडा उपमहानगरपालिकाको गौरीटार रङ्गशालामा पर्सि बुधवारदेखि मंसिर २ गतेसम्म एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाउने उहाँले बताउनुभयो ।
एन्फाका अनुसार उदयपुरको गाईघाट फुटबल क्लब, बर्दियाको जनजागृती युवा क्लब, धनकुटाको देउराली युथ क्लब, सुर्खेतको काक्रेविहार युथ क्लब, बाराको नवजनजागृति, कैलालीको विजय स्पोट्र्स क्लब, काठमाण्डौको चित्लाङ फुटबल क्लब, तनहुँको हैरान्स क्लब, दोलखाको टाइगर्स टिम टिकाताथल र कास्कीको लालीगुराँस एसोसिएसन क्लबले खेल्नेछन् ।
प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोलीले राष्ट्रिय लिगका लागि छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि एक करोड ५४ लाख ५४ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै