घरेलु टिम एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । शनिबार (पुस ५) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार २५३ समर्थकमाझ भएको फाइनल खेलमा इस्ट बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् । सिल्किदेवी हमामले एक गोल गरिन् ।
नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३-० गोलले पराजित गर्दै इस्ट बंगालले इतिहास रचेको हो।
उसका लागि पहिलो गोल फाजिलाले २१ मिनेटमा गरिन्। यस्तै सिल्कीले ३५ मिनेटमा अग्रता दोब्बर बनाउँदा इस्ट बंगालपहिलो हाफमा सहज स्थितिमा रह्यो। फाजिलाले दोस्रो हाफमा सुरु भए लगत्तै टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित