logo trishakti

मेक्सिकोमा बस र ट्रक ठोक्किँदा चालक र यात्रु सहित ४१ जनाको मृत्यु

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१ जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

बिहान बस र ट्रक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बस पूर्णरुपमा जलेको छ । बसमा ४८ जना रहेकामा अरूको अवस्थाबारे खोजी भइरहेको छ । बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस