म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने बीबीसीले जनाएको छ ।
म्यानमारमा गएको शुक्रवार आएको भूकम्पका कारण एक हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) की मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कम्तीमा तीन वटा अस्पताल पूर्णरूपमा बन्द भएका र अन्य २२ वटा अस्पताल आंशिक रूपमा क्षतिग्रस्त भएर राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई