इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा अस्पतालको दुईतले भवनमा क्षेप्यास्त्र खसालिएपछि ठूलो आगो र धुवाँ उठिरहेको देखिएको छ । अस्पतालको शय्यामा रहेका केही बिरामीहरू समेत भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको नभएको गाजाको नागरिक आपतकालीन सेवाले जनाएको छ ।
सन् २०२३ को अक्टोबरमा त्यही अस्पतालमा भएको आक्रमणमा सयौँको ज्यान गएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी एक हजार दुई सय भन्दा धेरेको हत्या र दुई सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा जवाफी कारबाही गरेको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई