मेक्सिकोमा मेयर पदका उम्मेदवार सहित चार जनाको गोली हानी हत्या गरिएको छ । मेयर पदका उम्मेदवार येसेनिया लारा गुटेरेजमाथि चुनाव प्रचार प्रसारका क्रममा गोली प्रहार भएको थियो । मेयर उम्मेदवारको हत्याको घटना फेसबुकमा पोस्ट गरिएको लाइभ स्ट्रिमिङमा रेकर्ड गरिएको थियो । भिडियोमा, येसेनिया लारा गुटेरेज आफ्नो अभियानको क्रममा मानिसहरूलाई भेटिरहेको देखिन्छिन् । यस क्रममा उनका समर्थकहरूले उनलाई घेरेका थिए ।
गुटेरेज मानिसहरूलाई भेट्दै सडकमा हिँडिरहेकी थिइन् । यसैबिच आक्रमणकारीहरूले उनीमाथि गोली चलाए । यस अवधिमा कुल २० राउन्ड गोलीबारी भएको थियो, जसमा मेयरका उम्मेदवार सहित कुल चार जनाको मृत्यु भएको थियो । यो घटना मेक्सिकोको भेराक्रुजमा भएको हो । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आक्रमणको पुष्टि गरेकी छिन् । उनले हत्याको कारण अझै स्पष्ट नभएको बताए । यसको छानबिन भइरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई