साबिक विजेता एपीएफ ३३औं त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको छ।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा पुगेकाे बनाएको हो।
एपीएफका लागी अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे भने मर्स्याङ्दीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गरे।
त्यसअघि १० खेलाडीमा सीमित एपीएफले मर्स्याङ्दी संग १–१ को बराबरी खेलेका थियाे।
खेलको ४१औं मिनेटमा मर्स्याङ्दीका ओलावले अफिजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। खेलको ८८ औं मिनेटमा एपीएफका मणिकुमार लामाले रातो कार्ड पाए पछि एपीएफ १० खेलाडीमा सीमित रह्यो। दोस्रो हाफको अतिरिक्त समयको ७ औं मिनेटमा मानबहादुर रानाले गरेकाे गोल संगै खेल टाइब्रेकरमा पुगेकाे थियाे।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै