पोखरा ÷ पोखरामा जारी एक दिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल भएको हो ।
२१५ रनको विशाल विजयी लक्ष्य पाएको लेकसाइड ४४.५ ओभरमा १९८ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै हरिशंकर तिवारीले ३७ रन जोडे ।
अरण्यज्योतिका लागि अब्दुल खलिक, अभिषेक भुजेल र प्रविण पौडेलले समान २÷२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ५० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाउन सफल भएको थियो । टोलीका लागि सन्जिव कार्कीले सर्वाधिक ८९ रनको योगदान दिए । घनश्याम कुमार यादवले ४५ र सन्देश न्युरेले २५ रन जोडे ।
लेकसाइडका लागि हरिशंकर तिवारीले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै केशव सुनार र सन्देश शाहले समान २÷२ विकेट लिए । खेलको प्लेयरअफ दि म्याच सन्जिव कार्की घोषित भए ।
यो संगै समूह ए तर्फको एक चरणका खेल सम्पन्न भएका छन् । सिंगल राउन्ड रोविन लिगको आधारमा भएको खेलमा भोलिदेखी समूह बि तर्फ एक चरणका खेल सुरु हुनेछन् । दुवै समुहको एक चरणका खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।
त्यसपछि बाकी रहेका लिगका अन्य खेलहरु पोखरा रंगशालासंगै लेखनाथमा समेत हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई