पोखरा ÷ कास्की जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनले पराजित गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा सांग्रिलाले एक पक्षिय खेल प्रदर्शन ग¥यो । ३७७ रनको विशाल विजयी योगफल पाएको एभरेष्ट ५० रनमै अलआउट हुन पुग्यो । समूह बी तर्फको खेलमा सांग्रिलासामु कम्जोर देखिएको एभरेष्ट १८.३ ओभरमा ५० रनमात्रै जोड्यो । धनजु यादवले १३ र सचिन यादवले १० रन बनाए ।
एभरेष्टका लागि राज परियारले ४.३ ओभरमा १ मेडन राख्दै ६ विकेट लिए । यस्तै सञ्जय नेपालले २ तथा विपिन खत्रीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ लागेको सांग्रिला ४७.२ ओभरमा अलआउट हुँदै ३७६ रन बनायो । सिब्रिन श्रेष्ठले शतकीय पारी खेले । उनले ७९ बलमा १२१ रन बनाए । यस्तै सन्जय नेपालले ३५ बलमा ३४ रन बनाए भने रिकेश गुप्ताले ४२ बलमा ३३ रन बनाए ।
लेकसाइडका लागि सिरजन पौडेलले कुल ६ विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चे । नियाज अहमद र युवराज ठाकुरले समान १÷१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच सिब्रिन श्रेष्ठ घोषित भए ।
माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । आजबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई