लेखनाथ,२४ माघ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता आयोजक टिमले जितेको छ । फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई आयोजक राईजिङ्ग स्टार युथ क्लबको टिमले उछिन्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो सेट जिते पनि लगातार राईजिङ्ग स्टारले २ सेट जितेपछि उपविजेता बनेको बागलुङ्गको ढोरपाटन समूहले रु ५५ हजार पाँच सय ५५नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदिप गुरुङ लगायतले उत्कृष्ट खेलाडी राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह, उत्कृष्ट सर्भर ढोरपाटनका सञ्जोक परियार,डिफेण्डर जीवन भण्डारी, स्पाइकर कमल सुनार, उत्कृष्ट ब्लकर राईजिङ्ग स्टारका विश्वास अधिकारी, उत्कृष्ट शर्टर अशोक ठकुरी लगायतलाई पुरस्कार वितरण गरेका थिए ।पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेकोे थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई