त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि हात पारेकाे छ ।
उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएकाे छ । एपीएफका गीता राना र रेनुका नगरकोटेले १÷१ गोल गरेका थिए ।
विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।
एन्फाले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई