logo tiger cup

निर्वाचनका लागि कास्कीमा तयारी तीव्र,२१९० कर्मचारी खटाइए

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ । निर्वाचन कार्यालयले बदर मतको संख्या घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउन गत फागुन ३ गतेदेखि घरदैलो अभियान थालिएको हो । अभियान फागुन १७ गतेसम्म चल्नेछ । जिल्लाका ५ वटै पालिकाका ७२ वडामा स्वयंसेवकमार्फत नमुना मतपत्र देखाएर मतदान गर्ने तरिका सिकाइँदै छ ।

 

प्रतिक्रिया दिनुहोस