logo tiger cup

इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

सरकारले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ। विभिन्न कामको सन्दर्भमा इरान पुगेका १२ नेपालीमध्ये दुई नेपाल आइसकेको र दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आठ नेपाली अझै इरानमै छन्। उनीहरू सबै जना सुरक्षित छन्। उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको उनले बताए। मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै मन्त्रालयले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरेको बताए । 

प्रतिक्रिया दिनुहोस