logo tiger cup

कास्की कारागारमा शतप्रतिशत मताधिकारकाे प्रयोग

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ। अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो। कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन्। तीमध्ये दुई जना महिला कैदीबन्दी रहेको उहाँले पोखराक्लिकलाई बताए । साथै, चार जना कर्मचारीले पनि मतदान गरेपछि सो केन्द्रमा कुल ४१ मत खसेको श्रेष्ठले जानकारी दिए।

कारागारमा हाल ६ सय ९७ जना कैदीबन्दी रहे पनि निर्वाचन आयोगबाट प्रमाणित भई नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रदेश निर्वाचन कार्यालयमा आफ्नो विवरण उपलब्ध गराएका र आधिकारिक सूचीमा नाम भएका कैदीबन्दीले मात्रै मत हाल्न पाएका हुन्। 

प्रतिक्रिया दिनुहोस